पावरहाउस रिर्सोटको स्विमिङ पुलमा डुबेर भारतीय नागरिकको मृत्यु

पाेखरा | भदौ २६, २०८१

पावरहाउस रिर्सोटको स्विमिङ पुलमा डुबेर भारतीय नागरिकको मृत्यु

पोखरा:   पोखरा मंगलबार दिउँसो स्विमिङ पुलमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । 

 

मृत्यु हुनेमा भारतको सीतापुर उत्तरप्रदेश घर भएका २३ वर्षीय देवान सिंह रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

 

देवान पोखरा महानगरपालिका–१७ स्थित पावरहाउस रिर्सोटमा रहेको स्विमिङ पुलमा पाैडी खेल्ने क्रममा डुबेका थिए ।

 

स्विमिङ पुलमा डुबेर अचेत भएका भारतीय नागरिक सिंहलाई उद्धार गरी गण्डकी मेडिकल कलेजमा ल्याए पनि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 


मृतक सिंहको शव पोष्टमार्टम पछि उनका बुवा रुकमेन्द्र प्रताप सिंहले बुझेका छन् । 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्